Logo

भोलि विहान साढे ८ बजे संसदीय समितिको टीओआर टुङ्गिन्छः महेश बर्तौला



काठमाडौं, १० जेठ । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले संसदीय समितिको कार्यादेश (टीओआर) मा भोलि विहान साढे ८ बजेसम्म सहमति जुट्ने बताएका छन् । सहकारी ठगी प्रकरण छानविन गर्नका लागि बन्न लागेको संसदीय समितिको टीओआर टुङ्ग्याउन बसेको कार्यादलको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आज नेपाली कांग्रेस सहमतिको नजिक पुगेको र भोलि बस्ने बैठकले टुङ्गो लगाउने बताएका हुन् ।

‘आज बुद्ध जयन्ती, कांग्रेसले लामो समयदेखि प्रतिनिधि सभामा अशान्ति मच्चाइरहेको, त्यसलाई शान्तिमा रुपान्तरण गर्नुपर्ने हाम्रो दायित्व हो । हामीले करिब–करिब आजको बैठकबाट, अस्ती अलिकता सागुँरो ठाउँमा पुगेका थियो, आज हामीले ठ्याक्कै टुङ्गो भोलि विहान लगाउने गरी केही विषयमा नजिक पुगेका छौं ।’ उनले भने, ‘नेपाली कांग्रेसको तर्फबाट रवि लामिछानेजी माथि नै छानविन गर्नुपर्ने विषयमा थोरै लचकता रह्यो ।’

साथै, आज छलफल भएका विषयहरु भोलि कांग्रेसका नेताहरुले पनि आफ्नो दलमा छलफल गर्ने र एमाले, माओवादीले पनि आ–आफ्नो दलसँग छलफल गरेर निश्कर्षमा पुग्ने उनले बताए । कांग्रेसले सुरुदेखि नै सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम राख्नुपर्ने अडान राख्दै आएपनि आज लचक भएको बर्तौलाको भनाइ छ ।

छानविनभन्दा पहिले नै फलानो दोषी हो, होईन भनेर किटेर जानु राम्रो नुहने आफूहरुको अडान पनि कायमै रहेको बर्तौलाले बताए । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot