Logo

रविको बचाउ गर्दै कांग्रेसविरुद्ध खनिए ओली, ‘भँगेरा मार्न तोप बोकेर जाने ?’



काठमाडौं, १० जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध निरन्तर लागिरहेको भन्दै आपत्ति जनाएका छन् । आज (बिहिबार) सुनसरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस भँगेराको शिकार गर्न तोप बोकेर हिँडिरहेको टिप्पणी गरेका हुन् ।

‘कांग्रेसजस्तो पार्टी रवि लामिछानेकाविरुद्ध खनिएको छ। के खनिनु, भंगेरा मार्न जाने तोप बोकेर ?’ उनले प्रश्न गरे ।

सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री लामिछानेको संलग्नता रहेको भन्दै कांग्रेसले लामो समयदेखि संसद् अवरोध गरिरहेको छ । कांग्रेसले सहकारी ठगी प्रकरणको छानविनका लागि लामिछानेको नाम उल्लेख गरेर संसदीय समिति बनाउन पर्ने माग राख्दै आएको छ । सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन सत्तापक्ष र प्रतिपक्ष दुवै तयार भएपनि कार्यादेश (टीओआर) मा कुरा बाझिएको छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot