Logo

अझैं पनि टीओआरमा जुटेन सहमति, कार्यदलका सदस्यहरु बाहिरिए



काठमाडौं, ११ जेठ । सहकारी ठगी प्रकरण छानविनका लागि बन्ने संसदीय समितिको कार्यदेश (टीओआर) तयार गर्न गठित कार्यदलको बैठक आज पनि निश्कर्षविही भएको छ । आजको बैठकमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच सहमति हुन नसकेको हो ।

नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले बैठक केहीबेरमा बस्नेगरी अहिले आफूहरु बाहिरिएको बताए । उनले कांग्रेस आफ्ना मागबाट केही ब्याक भएपनि सहमति भने जुट्न नसकेको बताए ।

‘हामीले बैठक समापन गरेका छैनौं । बैठक जारी नै छ । तर, केही विषयमा अतिरिक्त छलफल गर्नुपर्ने भयो । साइट छलफल गर्नुपर्ने भयो । नेपाली कांग्रेसको तर्फबाट पनि केही छलफल गर्दै हुनुहुन्छ । विशेष गरी गृहमन्त्रीको विषयमा पनि केही छलफल गर्नुपर्ने रह्यो । हिजोभन्दा हामी न्यारो डाउन हुँदै आएका छौं । यो गाँठो अब फुकाउनुपर्छ भन्नेगरी नै त्यस दिशातर्फ उन्मुख छ हाम्रो छलफल,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot