Logo

कांग्रेसको नयाँ प्रस्तावपछि शीर्ष नेतासँग भेट्दै कार्यदलका सदस्यहरु



काठमाडौं । संसदीय छानबिन समितिको टीओआरबारे कुरा नमिलेपछि कार्यदलका सदस्यहरुले शीर्ष नेतासँग भेटवार्ता गरेका छन् । आज बसेको कार्यदलको बैठकमा नेपाली कांग्रेसले नयाँ प्रस्ताव ल्याएको थियो ।

कानुन मन्त्री पदम गिरी अहिले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफलमा जुटेका छन् भने रास्वपा सांसद शिखिर खनाल पनि पार्टी सभापति रवि लामिछाने भेट्न गएका छन्।

कांग्रेसले गृहमन्त्रीको नाम उल्लेख नगर्ने भए संलग्न भएको संस्थाको नाम राखेर टीओआर टुंग्याउन आजको बैठकमा नयाँ प्रस्ताव गरेको थियो ।

कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति बन्नुपर्ने माग गरिरहेको छ । दलहरूबीच समिति बनाउने सहमति गत शनिबार भए पनि सो समितिमा लामिछानेको नाम उल्लेख गर्ने वा नगर्ने भन्ने विषय अझै टुंगिएको छैन । सत्ता पक्ष उनको नाम नराख्ने अडानमा छ भने कांग्रेसले नाम राख्नुपर्ने अडान लिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot