Logo

माओवादी नेताको दाबी: गतिरोध हटेर बजेट सदनमै आउँछ, अध्यादेशको बाटो सोच्न हुँदैन



काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आगामी आर्थिक वर्षको बजेट सदनबाट आउने दाबी गरेका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पाण्डेले सदनमा देखिएको गतिरोध हटेर जेठ १५ गते यहि संसद्मा नै बजेट सार्वजनिक हुने दाबी गरे । उनले सरकारले संसद्को अधिवेशन अन्त्य गरेर अध्यादेशको बाटो नरोज्ने पनि जिकिर गरे ।

उनले भने, ‘सहकारीको विषयमा उठेको समस्या समाधान गर्नको लागि कार्यदलले काम गरिरहेको छ। सहमति जुटाउन सरकारको तर्फबाट प्रधानमन्त्रीले प्रयत्न गरिराख्नुभएको छ। सदन चलिरहेको बेलामा बजेट अध्यादेशबाट ल्याउने कुरा हुँदैन।’



प्रतिक्रिया दिनुहोस्

Screenshot