Logo

म्याद थपका लागि सिरोहियालाई लगियो अदालत, ५ दिनको म्याद थप्न सरकारी वकिल कार्यालयको सिफारिस



काठमाडौं,११ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला सरकारी वकिल कार्यालय धनुषामा बयान गराएको छ । बयान पुरा भएपछि उनलाई म्याद थपका लागी अदालतमा उपस्थित गराईएको छ ।

सिरोहियालाई पुनः ५ दिनको म्याद थप्न सरकारी वकिल कार्यालयले सिफारिस गरेको छ । मंगलबार काठमाडौंबाट पक्राउ परेका उनी धनुषा प्रहरीको हिरासतमा थिए् । मंगलबार साँझ काठमाडौँको थापाथलीस्थित कान्तिपुर कार्यालयको पक्राउ गरी धनुषा प्रहरीको जिम्मा लगाइएका उनलाई आज दोस्रोपटक म्याद थपका लागि आज पुनः जिल्ला अदालत धनुषा पेस गरिएको हो ।

नागरिकता प्रकरणमा सिरोहिया पक्राउ परेका हुन् । तर, सहकारीको करोडौँ रकम ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे समाचार लेखेको प्रतिशोधमा पक्राउ गरिएको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले दाबी गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot