Logo

विश्व कीर्तिमान कायम राख्ने कामीरितालाई काठमाडौंमा भव्य स्वागत (तस्बिरहरु)



काठमाडौं,११ जेठ । ३०औं पटक सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका सफल आरोही कामीरिता शेर्पालाई काठमाडौंमा भव्य स्वागत गरिएको छ ।

शुक्रबार शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको हो । शेर्पाले गत साता ३०औं पटक सगरमाथाको सफल आरोहण गरेर विश्व रेकर्ड कायम गरेका थिए ।

सोलुखुम्बु थामेका ५४ वर्षीय कामीरिताले २०५१ मा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए । सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउने संसारका एक मात्र शेर्पा गाइड तथा पर्वतारोहीको परिचय बनाएका कामीरिताले पछिल्लो समय आफ्नै रेकर्ड तोड्दै आएका छन् । तस्बिरहरु: मुकुन्द कालिकोटे / रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot