Logo

प्रमुख दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी



काठमाडौं,११ जेठ । प्रमुख तीन दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा, प्रमुख सचेतक रमेश लेखक, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलगायत छन् ।

सदनको जारी गतिरोध हटाउन विषयमा छलफल गर्न प्रमुख दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति छानबिन समिति टीओआर बनाउनेबारे कार्यदलमा कांग्रेस केही लचक देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot