Logo

सिरोहिया पक्राउ प्रकरणमा माधव नेपालले मुख खोलेः ‘तर्साएर शासन चलाउन खोजियो’



काठमाडौं, ११ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले तर्साएर शासन चलाउन खोजेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) ललितपुरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणबारे बोल्दै अध्यक्ष नेपालले गिरफ्तारी गलत रहेको बताए । उनले कुनै विषयमा अनुसन्धानका लागि बोलाएर नै सोध्न सकिने धारणा राखे ।

‘कैलाश सिरोहियाजीलाई जुन हिसाबले गिरफ्तार गरियो, त्यो गिरफ्तार गर्ने तरिका गलत भयो । कुनै इष्यु छ भने बोलाएर छानविन गर्न सकिन्छ । बयान लिन सकिन्छ । तथ्य, प्रमाण जुटाउन पनि सकिन्छ । पहिले नै गिरफ्तार गर्ने चलन देखिएको छ ।’ उनले भने, ‘चाहे कैलाशजीको केसमा होस्, या अन्य व्यापारीहरुको केसमा होस्, या अन्य सामान्य घटनामा होस्, गम्भीर अपराधीजस्तो गर्ने गरिएको छ । यो चिजलाई फेर्न पर्छ । विषय एउटा तर्साउन खोजेको अर्को भन्ने पनि कुरा उठेको छ । जेसुकै भएपनि यसरी तर्साएर शासन चलाउने तरिका सोचिएको छ भने त्यो गलत हो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot