Logo

बागमतीमा तीन दिनसम्म गणतन्त्र दिवस मनाईने, मुख्यमन्त्री जम्कट्टेलको नेतृत्वमा समिति गठन

मकवानपुर, ११ जेठ । बागमती प्रदेश सरकारले गणतन्त्र दिवस मनाउन मुख्यमन्त्री शालिकराम जम्कट्टेलको संयोजकत्वमा ४२ सदस्यीय मूल समारोह समिति गठन गरेको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको संयोजकत्वमा, सभामुख, मन्त्रीहरु, उपसभामुख, विपक्षी दलका नेता, विषयगत समितिका सभापति, संवैधानिक निकायका प्रमुख, कर्मचारी र सुरक्षा निकायका प्रमुख सम्मिलित ४२ सदस्यीय मूल समारोह समिति गठन गरिएको बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए।

कानुनमन्त्री श्रेष्ठका अनुसार प्रदेश सरकारले यही जेठ १३, १४ र १५ गते गणतन्त्र दिवस मनाउन लागेको हो । सो अवसरमा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, खेलकुद प्रतियोगिता, रक्तदान, वृक्षरोपण, लघु चलचित्र तथा वृत्तचित्र प्रदर्शनलगायतका कार्यक्रम गरिने उनले बताए ।

हेटौंडाको भुटनदेवी माविको चौरमा भेला भई स्कुल रोड–बुद्धचोक–चौकिटोल–मानस चोक हुँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्राङ्गणमा व्याण्ड बाजासहितको प्रभातफेरी गरिने छ।

गणतन्त्र दिवसको अवसरमा गणतन्त्र प्राप्तिका लागि सहिद भएका परिवारका सदस्यलाई सम्मान, पत्रकारहरूलाई पुरस्कार र साँझ प्रदेशस्थित सबै मन्त्रालयहरू मातहतका जिल्लास्थित कार्यालयहरू, सामुदायिक संघसंस्था, शैक्षिक प्रतिष्ठान तथा सार्वजनिक निकायले दीपावली गरी गणतन्त्र दिवस मनाउने तयारी गरीएको मन्त्री श्रेष्ठले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस्

Screenshot