Logo

सभामुख घिमिरेलाई महाअभियोग लगाउने ज्ञानेन्द्रको चेतावनी (भिडिओसहित)



काठमाडौं, १२ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले निश्पक्ष रुपमा संसद्को काम कारबाही अगाडि बढाउन नसकेको टिप्पणी गरेका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सभामुख निश्पक्ष बन्न नसकेको बताएका हुन् । उनले सभामुखले यस्तै हुर्मत लिँदै गए महाअभियोग लगाउनेसमेत चेतावनी दिए ।

सभामुखले सरकारको प्रवक्ता भएर काम गरेको उनको आरोप छ । ‘सभामुखले सरकारको प्रवक्ता भएर काम गर्न मिल्दैन । सभामुखको कुर्सी सत्तापक्ष प्रतिपक्ष हेर्ने होईन । उहाँ कुन पार्टीको हो ? त्यो पनि हेर्ने होईन । त्यो निश्पक्ष कुर्सी हो । प्रतिपक्षलाई बोल्न दिन्न भन्ने उहाँले जुन हुर्मत गर्नुभयो, त्यो गर्न हुँदैन ।’ नेता शाहीले भने, ‘यदि त्यो हुर्मत भयो भने उहाँमाथि महाअभियोग प्रस्ताव हुनसक्छ अब । यस्तै हुर्मत बढाउँदै जानुभयो भने महाअभियोग प्रस्ताव हुन्छ । संसद्मा घटना हु्न्छ । भोलि कोही उठेर गएर सभामुखलाई पिट्दियो भने के हुन्छ ? नभएको हो र पहिला नेपालको संसद्मा ?’



प्रतिक्रिया दिनुहोस्

Screenshot