Logo

संसद्को गरिमा र ओज खस्कँदै गयोः पूर्व सभामुख सापकोटा



काठमाडौं, १२ जेठ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संसद्को गरिमा र ओज खस्कँदै गएको टिप्पणी गरेका छन् । आज (शनिबार) नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद् स्तरहीन र मर्यादाहीन भएको बताएका हुन् ।

संसदमा हुने बहस, छलफल, शब्द चयनहरुमाथि उनले प्रश्न उठाए । संसद्लाई उनले लोकतन्त्रको आत्मा र सुशासनको संवाहकका रुपमा चित्रण गर्दै उनले संसद् ओज र गरिमायुक्त हुनुपर्ने बताए । उनले भने, ‘संसद भन्दा उच्च जनप्रतिनिधिको थलो अर्को छैन । त्यहाँ हुने छलफल, बहस, शब्द चयन, वाक्य गठन सुन्दा हामीलाई के लाग्छ भने स्तरहीन, मर्यादाहीन भएको छ,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot