Logo

भ्रष्टाचारीलाई कारबाही गर्न राज्य संयन्त्र असफल भएको आजपाको निश्कर्ष, जनकारबाही चलाउने निर्णय



काठमाडौं, १२ जेठ । आम जनता पार्टीको केन्द्रीय पदाधिकारी बैठकले वर्तमान लुटकारी सत्ताविरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । आज (शनिबार) पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बसेको दलाल दलतन्त्र र भगौडा पूँजीवादी व्यवस्थाको भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

साथै, दलाल दलतन्त्र र लुटकारी व्यवस्था विरुद्ध सातै प्रदेशमा भण्डाफोर कार्यक्रमलाई अभियानको रुपमा अगाडि बढाउने, विदेशमा गएका कामदारहरुबाट लिईएको अवैध रकम फिर्ता दिलाउन तथा ठगहरुलाई कारवाही गराउन शशक्त आन्दोलन गर्ने निर्णय पनि भएको छ ।

त्यसैगरी, विदेशी नागरिकता लिएकाहरुको नेपाली सम्पति कति र काहाँ छ ? यसको खोजबिन र कब्जा गर्न सरकारलाई जनदवाब दिने तथा आवश्यक परे जनस्तरबाट सो अवैध सम्पत्ति कब्जा गरी राज्यलाई बुझाउने निर्णयसमेत गरेको छ ।

आजपाले भ्रष्ट्रचार नियन्त्रण गर्नमा राज्यका संयन्त्रहरु असफल रहेको निश्कर्ष निकालेको छ । भ्रष्टाचार नियन्त्रण गर्न राज्यका संयन्त्रहरु असफल भएको अवस्थामा अब भ्रष्टाचारीलाई जनस्तरबाट जनकारवाहीको नीति अख्तियार गर्ने आजपाको केन्दीय पदाधिकारी बैठकले निर्णय गरेको छ ।

त्यस्तै आजपाले बैंकहरुले लिएको मनोमानी ब्याज फिर्ता गराउन तथा लघुवित र सहकारीका ठगहरु विरुद्ध पीडित आम जनताको पक्षमा जारी संघर्षलाई थप शशक्त, प्रभावकारी एवं देशव्यापी बनाउने निर्णय पनि बैठकबाट पारित गरेको छ ।

साथै, आजपाले शिक्षा क्षेत्रमा सुधारका लागि प्रत्येक विद्यालयमा विद्यार्थी संख्याको अनुपातमा शिक्षक दरबन्दीको ब्यवस्था गर्न जारी शैक्षिक आन्दोलनलाई निर्णायक रुपमा अगाडि बढाउने भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot