Logo

टीओआरमा सहमतिको नजिक पुगेका छौं, अब शीर्ष नेताहरुले टुङ्ग्याउनुहुन्छः मन्त्री गिरी



काठमाडौं, १२ जेठ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारी ठगी प्रकरण छानविनका लागि बन्ने संसदीय समितिको कार्यादेश (टीओआर) मा सहमतिको नजिक पुगेको बताएका छन् । टीओआर टुङ्ग्याउन आज कार्यदलको बैठक बसेको थियो । कार्यदलको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले विगतका बैठक भन्दा आज निकै सकारात्मक भएको बताए ।

‘यो भन्दा अगाडि भएका बैठकहरु भन्दा धेरै नै अगाडि बढेर सहमतिको नजिक पुग्नेगरी हामीले छलफल अगाडि बढायौं । हामी टुङ्गोमा पुगिसकेका छैनौं ।’ उनले भने, ‘यसबाट हामी निस्किसकेपछि बालुवाटारमा दलका शीर्ष नेताहरुसँग हामी बस्नेछौं । त्यहाँ छलफलमा भएका कुराहरु राख्छौं । हामीलाई के विश्वास छ भने जुन ढंगले हामीले छलफल गर्यौं, त्यो छलफलका विषय शीर्ष नेता कहाँ राखेपछि अन्तिम निर्णय शीर्ष नेताबाटै टुङ्गिन्छ ।’

विगतमा कांग्रेसले यो–यो सहकारीबाट र यी–यी व्यक्तिले अपचलन गरेको भनेर लेख्नुपर्छ भन्ने माग राखेको बताउँदै मन्त्री गिरीले आजको बैठकमा भने जुन–जुन सहरकारीबाट अपलचन भएको र जुन–जुन कम्पनीले लिएको भनिएको कम्पनी र संस्थाको नाम उल्लेख गरेर समिति बनाउने सहमतिको नजिक पुगेको बताए ।

‘हामी नजिक नजिक पुगिसकेका छौं । कम्पनीको छानविन गर्दै जाँदा त्यसभित्र रहेका जिम्मेवार स्वत छानविनको दायरामा आउँछन् । कम्पनीका पनि यी–यी पदाधिकारी र व्यक्ति भनेर नाम उल्लेख गर्ने काम राम्रो हुँदैन,’– उनले भने । Photo By: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्

Screenshot