Logo

नेविसंघ र तरुण दलद्वारा गृहमन्त्री लामिछानेको पुत्ला दहन (फोटोफिचर)



काठमाडौं, १२ जेठ । नेपाली कांग्रेसनिकट युवा संगठन नेपाल तरुण दल र विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेका छन् । आज (शनिबार) प्रदर्शनीमार्गमा उनीहरुले संयुक्त रुपमा पुत्ला दहन गरेका हुन् । उनीहरुले गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै नारा लगाएका थिए ।

गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले निरन्तर विरोध गर्दै आएको छ । गृहमन्त्री लामिछानेविरुद्ध कांग्रेसले भोलि प्रदर्शनको कार्यक्रम नै राखेको छ । Photo By: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्

Screenshot