Logo

सहकारी ठगी प्रकरण छानविनको माग गर्दै तरुण दलद्वारा मसाल जुलुस प्रदर्शन



काठमाडौं, १२ जेठ । नेपाली कांग्रेसनिकट युवा संगठन नेपाल तरुण दलले सबै खाले भष्ट्रचारको छानबिन,सहकारी ठगीको छानविन र प्रेश स्वतन्त्रताको पक्षमा मसाल जुलुस गरेको छ । दलका केन्द्रीय सदस्य एवं काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि निरन्जन थापाको सयोजनमा गोङ्गबुमा मसाल जुलुस निकालिएको हो ।

मसाल जुलुस पछिको कोण सभामा बोल्दै निरन्जन थापाले सत्तापक्ष र प्रतिपक्ष नहेरीस् भष्ट्रचारीलाई निष्पक्ष कारबाही गर्न माग गरे। हिजोको दिनमा समाजमा गलत काम गर्ने फटाहहरु मुख थुनेर लुकेर हिड्ने गरेपनि आज चर्को स्वरमा टाइ सुट लगाएर भगवानको रुपमा ठगीको धन्दा चलाइरहेको टिप्पणी गरे । उनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश शिरोहियालाई गृहमन्त्री रबि लामिछानेको दोहोरो पासपोर्ट र सहकारी ठगीको प्रमाणसहित समाचार लेखेको भरमा प्रकाउ गरिएको बताए । त्यसो गर्नु गलत भएको र काङ्ग्रेस प्रेश स्वतन्त्रताको पक्षमा रहेको पनि उनको भनाइ छ ।

मसाल जुलुसमा तरुण दलका केन्द्रीय सदस्यहरु भागवत रेग्मी, प्रदिप थापा,सुमन गिरी पुष्कर बास्तोला,पशुपति पोखरेल उमेश श्रेष्ठ, सेतेमान तामाङ,पार्टीका महासमिति सदस्यहरु शुलिल भट्ट,सानुकाजी प्रजापति नेबिसंघका केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot