काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एवं नेकपा एमालेका सांसद एकनाथ ढकाल सयुक्त राज्य अमेरिकाको न्यू योर्क स्थित “एचजे इन्टरनेशनल ग्रेजुएट स्कूल फर पिस एण्ड पब्लिक लिडरशिप” वाट स्नातकोत्तर उपाधिद्वारा विभूषित भएका छन।
न्यूयोर्क मा आयोजित ४८औ दीक्षान्त समारोहमा कलेजका अध्यक्ष डा। थोमस जेराल्ड वाल्सले सांसद ढकाललाई “मास्टर इन पिस स्टडीज” को प्रमाणपत्र प्रदान गरेका हुन् । ढकालले प्रथम श्रेणीमा स्नातकोत्तर उत्तीर्ण गरेका हुन्।
सन् २०२१ मा कलेजमा भर्ना भएका सांसद ढकालले दूर शिक्षा अध्ययन गरेका हुन्। यस अध्ययनका लागि उनले छात्रवृत्ति पाएका थिए।
दीक्षान्त समारोहमा पूर्व अमेरिकी बिशेष दुत जोसेफ आर डेट्रानी लाइ मानार्थ बिद्याबारिधि प्रदान गरिएको थियो। राजदूत डेट्रानी उत्तर कोरियासँग छ पक्षीय वार्ताका लागि अमेरिकी विशेष दूत थिए। राजदूत देत्रानीले दुई दशकभन्दा बढी समय सेन्ट्रल इन्टेलिजेन्स एजेन्सीमा वरिष्ठ गुप्तचर सेवाको सदस्यको रूपमा सेवा गरे।