Logo

कांग्रेसको घेराबन्दीबाट फुत्किँदै रोष्टममा पुगेका अर्थमन्त्री पुनले प्रस्तुत गरे आर्थिक सर्वेक्षण



काठमाडौं,१३ जेठ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण पेश गरेका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षीको चर्को नाराबाजीकाबीच पुनले आर्थिक सर्वेक्षण पेश गरेका हुन् ।

प्रतिपक्षको अवरोधकै बीच अर्थमन्त्री फुत्किएर रोष्टममा पुगेका छन् । उनलाई मर्यादा पालकले स्कर्टिङ गर्दै रोस्टममा पुर्‍याएका हुन् ।

अर्थमन्त्री पुनले सरकारको आगामी आवको राजश्व र व्ययको अनुमान पेश गर्नुअघि आर्थिक सर्भेक्षण पेश गरेका हुन् । सर्भेक्षणमा उनले गत आवको पूरा अवधि र चालु आवको ८ महिनासम्मको संघ प्रदेश र स्थानीय तहको क्षेत्रगत विकास र सुशासनको अवस्था विश्लेषण गरेका हुन् । उनले समग्र आर्थिक अवस्था सुधार भइरहेको दाबी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot