Logo

परिवर्तनपछि अवसर देखेर राजनीतिमा आएकालाई यसको महत्त्व थाहा हुँदैनः रामकुमारी झाँक्री



काठमाडौं, १३ जेठ । नेकपा (एकीकृत समाजवादी) कि सचिव रामकुमारी झाँक्रीले परिवर्तनपछि अवसर देखेर राजनीतिमा आएकाहरुलाई संघीय लोकतान्त्रिक गणतन्त्रको महत्त्व थाहा नहुने टिप्पणी गरेकी छन् । आज (आइतबार) परिवर्तन नेपालले आयोजना गरेको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले परिवर्तनपछि जन्मिएका र परिवर्तमा साथ दिन छाडेर विदेशी भूमिका सुख सुविधा खोज्न गएकालाई यसको महत्त्व थाहा नभएको बताएकी हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै उनले भनिन्, ‘कति मान्छेहरुले यस्ता दिन हिँड्नुभयो । कतिमान्छे यो परिवर्तनपछि जन्मिनुभयो । परिवर्तनपछि जन्मिनेलाई यसको महत्त्व पनि थाहा भएन । परिवर्तनभन्दा अगाडि जन्मिएर देशमा नबसेकाहरु, सुविधा खोजेर हिँडेकाहरु र परिवर्तनपछि अवसर देखेर राजनीतिमा आएकाहरुले पनि यो थाहा पाएनन् । किन भने दुनियाँका लोकतान्त्रिक मुलुकहरुमा उनीहरुले आफ्नो जिन्दगीको सुख सुविधाका लागि संघर्ष गर्दैथिए ।’

देशको राजनीतिक परिवर्तनमा सिन्को भाँच्ने पनि योगदान नभएकाहरुले अनादार, गालीगलौज र अपसंस्कृतिको विकास गरेको उनले बताईन् । उनले राजनीतिक नेतृत्वले गर्नुपर्ने धेरै चिज बाँकी रहेको र गर्नुपर्ने बताउँदै उनले गणतन्त्र आएपछि के भयो भनेर प्रश्न गर्नु कुर्तक रहेको बताईन् । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot