Logo

‘कांग्रेसले डिस्टर्व गरे अर्थमन्त्रीले कानमा कपास राखेर बजेट पढ्नुहुन्छ,अरू बाटोमा जाँदैनौं’



काठमाडौं,१३ जेठ । आगामी आर्थिक वर्षको बजेट १५ जेठको दिउँसो १ बजे प्रस्तुत हुने भएको छ ।

सभामुख देवराज घिमिरेले बजेट वक्तव्य प्रस्तुत गर्न १५ जेठको दिउँसो १ बजे बैठक बोलाएका छन् ।

सभामुखले बजेट भाषणमा सांसदहरुलाई डाकेपनि बैठक भने बस्ने नबस्ने अनिश्चित नै छ । प्रमुख प्रतिपषी दल नेपाली कांग्रेसले निरन्तर सदन अवरुद्ध गरिरहेको छ । आज बसेको बैठकमा पनि कांग्रेसले निर्रन्तर नाराबाजी गरेको थिया । कांग्रेसको नाराबाजीबीच सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सदनबाट पारित भएको छ ।

यता सत्तारुढ दल नेकपा एमालेले भने बजेट सदनबाटै आउने जिकिर गरेको छ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसले नाराबाजी गरेपनि बजेट संसदबाटै आउने बताए । आज बसेको संसद् बैठकबाट बाहिरिनेक्रममा संसद भवन बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै र्बौलाले कांग्रेसले अवरोध गरे अर्थमन्त्रीले कानमा कपास राखेर भएपनि बजेट पढ्ने दाबी गरे ।

उनले भने, ‘कांग्रेसको अवरोध र नाराबाजी भइराख्यो भने पनि अरु बाटोभन्दा संसदभित्रबाटै बजेट आउँछ । अर्थमन्त्रीले नाराबाजीका बीचबाट पनि नाराबाजीले डिस्टर्व र असहज भयो भने कानमा कपास राखेर भने पनि बजेट पढ्नुपर्ने हुन्छ । अरू बाटोमा जान्दैनौँ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot