Logo

देउवाले प्रचण्डलाई भनेः कान्तिपुरले मलाई जति कसैलाई लखेटेको छैन !



काठमाडौं, १३ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोध साँधेर पक्राउ गरिएको बताएका छन् । आज (आइतबार) नेपाल प्रेस युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मिडियामाथि नियन्त्रण गर्नखोज्ने सरकारको प्रवृत्ति चिन्ताजनक रहेको बताए । उनले पूर्वराजा ज्ञानेन्द्र शाहको शासन कालमा समेत यतिधरै मिडियामाथि दमन नभएको बताए ।

प्रेसले प्रश्न उठाउन छाड्दा प्रजातन्त्र सकिने बताउँदै उनले कन्टेन्टमाथि सत्ताले कन्ट्रोल गर्ने प्रयास गलत रहेको बताए । कांग्रेसका सांसद र नेताहरुले कान्तिपुरको समर्थन गरेको भन्ने आरोपमा केन्द्रीत हुँदै उनले कान्तिपुरबाट कांग्रेस धेरै नै लखेटिएको बताए । लेखेटिएको, आलोचना गरेको आधारमा प्रतिशोध साँध्न नहुने उनको भनाइ छ । कांग्रस सभाति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ताको क्रममा भएको संवाद स्मरण गराउँदै उनले मिडियाले लखेटेको भरमा प्रतिशोध लिनु गलत हुने बताए ।

कांग्रेस सभाति देउवा र प्रधानमन्त्री प्रचण्डबीच केही दिन पहिला भएको भेटवार्ताको संवादलाई स्मरण गर्दै उनले भने, ‘हाम्रो पार्टी सभापति शेरबहादुर देउवाले अस्तिको दिन प्रधानमन्त्रीलाई भनेको म सम्झन्छु–कान्तिपुर स्थापना भएको दिनदेखि आजसम्मको कान्तिपुर पल्टाएर पढ्नुस् । कान्तिपुरले आजसम्म सबैभन्दा बढी गाली गरेको, सबैभन्दा बढी आलोचना गरेको, सबैभन्दा बढी लखेटेकोमा एक नम्बरमा मेरो नाम आएन भने भन्नुहोला । तर, म लखेटिएको छु, गाली खाएको छु, मेरो र मेरो पार्टीको कुरा छ । लखेटिने र गाली खाने कुरामा ठीक थियो गलत थियो ? म आफ्नो ठाउँमा प्रश्नको उत्तर दिउँला । तर, मेरो आधारमा के लेखियो भन्ने आधारमा मिडियालाई कन्ट्रोलन गर्न खोजियो । यो गलत हो । भन्ने कुरा पार्टीको तर्फबाट सभापतिले उठाउनुभएको म स्मरण गर्न चाहन्छु ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot