Logo

सर्वोच्चको फैसलापछि पनि बुझेन कांग्रेसको चित्त, सुदूरपश्चिम प्रदेश सभा बैठक बहिष्कार



काठमाडौं,१३ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सभाको बैठक बहिष्कार गरेको छ । आज बसेको प्रदेश सभाको बैठकमा कांग्रेस र रेशम चौधरीपक्षको नागरिक उन्मुक्ति पार्टीका सांसदहरुले बैठक बहिष्कार गरेका हुन् ।

बैठकमा सभामुख भीमबहादुर भण्डारीले प्रदेश प्रमुख नजिर मियाँबाट बर्खे अधिवेशन आह्वान सम्बन्धी आएको पत्र सुनाउन खोज्दा प्रतिपक्ष दलहरूले विरोध जनाउँदै बाहिरिएका हुन् । विपक्षको उपस्थिति विना नै मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले प्रदेश सरकारको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पेस गरिरहेका छन् ।

कांग्रेसले सुदूर सरकार गठनविरुद्ध आवाज उठाउँदै आएको छ । प्रदेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट हालेका विपक्षी दलहरुले सर्वोच्चले रिट खारेज गर्दापनि चित्त नबुझाएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot