Logo

दोष, आरोप र गाली रवि लामिछानेलाई थुपारेर केपी ओली सहकारी अपचलनमा संलग्न आफ्ना नेतालाई जोगाउन चाहन्छन्ः विश्वप्रकाश शर्मा



काठमाडौं, १३ जेठ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेलाई जोगाउने बहानामा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सहकारी अपचलनमा संलग्न पार्टीका नेता तथा कार्यकतालाई जोगाइरहेको आरोप लगाएा छन् । आज (आइतबार) काठमाडौं कांग्रेसले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष ओलीले सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन हुँदैन भनेर दृढतापूर्वक उभिएको बताए । उपप्रधान एवं गृहमन्त्री लामिछाने केवल देखिएका पात्र भएपनि ओलीको हिडन इन्ट्र
स्ट आफ्ना मान्छे जोगाउने रहेको बताए ।

‘उहाँ (ओली) गृहमन्त्रीलाई जोगाउने बहानामा, मैले आरोप लगायो नभन्नु होला, देशभरीका एमालेहरुले पनि सुनिरहनु भएको होला, तपाईको पार्टीका अध्यक्ष, तपाईँकै एमालेका कयौं साथीहरु सहकारीमा संलग्न हुनुहुन्छ । रवि लामिछाने त देखिएका पात्र हुन् । नदेखिएका धेरै पात्रहरु जो सहकारी अपचलनमा संलग्न हुनुहुन्छ, ती सबलाई जोगाउन चाहनुहुन्छ कमरेड केपी ओली ।’ उनले भने, ‘त्यो जोगाउन चाहिराखेर एमालेलाई नै बदनाम गराउने कर्म गरिरहनु भएको छ । एमालेका साथीहरुले विस्तारै बुझुनुहोला । दोष, आरोप, गाली रवि लामिछानेको भागमा थुपारेर उहाँ रक्षा चाहीँ एमालेका पार्टी पंत्तिलाई गर्न चाहनुहुन्छ, जो सहकारी अपचलनको सन्दर्भमा संलग्न छन् ।’

महामन्त्री शर्माले सबै प्रकरणमा संसदीय समिति आवश्यक नपर्ने बताए । उपप्रधान एवं गृहमन्त्री लामिछाने प्रमाण नष्ट गर्नसक्ने ठाउँमा रहेकाले संसदीय समिति आवश्यक परेको उनले बताए । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot