Logo

त्रिवि शिक्षण अस्पतालका तत्कालीन मुख्य प्राविधिक सहायक भण्डारीको सर्टिफिकेट नक्कली, अख्तियारले हाल्यो मुद्दा



काठमाडौं,१३ जेठ । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा तत्कालीन मुख्य प्राविधिक सहायक पदमा कार्यरत राजाराम भण्डारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाईएको छ ।

भण्डारीको एस।एल।सी। तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा त्रि।वि। शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौंमा मिति २०५४-०५-१७ बाट ल्याव व्वाई पदमा स्थायी नियुक्त हुन र मिति २०६९-०७-२४ मा वरिष्ठ ल्याव व्वाई पदमा बढुवा हुने प्रयोजनका लागि माध्यमिक शिक्षा परिषद्, उत्तरप्रदेशबाट हाईस्कूल तह उत्तीर्ण गरेको झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी कार्यरत रही लाभसमेत लिएको देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

अख्तियारले भण्डारीलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ बमोजिमको कसुरमा साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा २ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot