Logo

सत्तापक्षको चूनौति सामना गर्न कांग्रेस तयार छः सिटौला



काठमाडौं, १३ जेठ । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले सरकारले जनताको हितमा काम गर्न नसकेको बताएका छन् । आज (आइतबार) नेपाल प्रेस युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिपक्षले उठाएको आवाजलाई सरकारले पेलेरै जान खोजेको बताए । प्रतिपक्षले सदनमा जनताको आवाज उठाउन नपाइरहेको समेत बताए ।

संसद्को गतिरोध अन्त्यका लागि सरकारले कांग्रेसले उठाएको माग छिट्टै सम्बोधन गर्नुपर्ने उनको भनाइ छ । उनले सरकारले पेलेरै जाने नीति अख्तियार गरे आफूहरु चूनौति सामना गर्न तयार रहेको पनि बताए । उनले भने, ‘सरकार पेलेरै जान खोज्छ भने त्यो चुनौतिलाई सामना गर्नेछौं । सरकार साँच्चै यसै ढंगले गइराख्ने हो भने काँग्रेस तयार छ ।’

कांग्रेसले संसद्मा आफूलाई मात्रै अन्याय भएको कुरा नउठाएको उनको भनाइ छ । उनले आफूहरुले सदनमा आम जनतालाई अन्याय भएको कुरा उठाएको बताए । Photo By: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्

Screenshot