Logo

महालेखाको प्रतिवेदनः सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अपेक्षित सुधार हुन सकेन



काठमाडौं, १३ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदन पेश भएको छ ।राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षक तोयम रायाले राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा प्रतिवेदन पेश गरेका हुन् ।

सो प्रतिवेदनमा सरकारले विद्यालय जाने उमेर समूहका बालबालिकालाई भर्ना गरी निःशुल्क शिक्षा उपलब्ध गराउन निःशुल्क पाठ्यपुस्तक, छात्रवृत्ति, दिवा खाजालगायतका कार्यक्रममा वर्षेनी खर्च बढाउँदै लगेको उल्लेख छ ।

सरकारले खर्च बृद्धि गर्दै जाँदा विद्यार्थी संख्या भने घट्दै गएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । शिक्षा क्षेत्रमा सरकारी लगानी बढ्दै गएको अवस्थामा सामुदायिक विद्यालयमा अपेक्षित रुपमा शैक्षिक गुणस्तर सुधार हुन नसकेको कारण विद्यार्थीको आकर्षण घटेको उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot