Logo

निलम्बित न्यायाधीश भुवन गिरी बलात्कार मुद्दामा दोषी ठहर



काठमाडौं, १३ जेठ । निलम्बित न्यायाधीश भुवन गिरी जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले उनलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो ।

सम्बन्ध विच्छेदको मुद्दा चलिरहेको अवस्थामा सहमतिविना गिरीले जबरजस्ती करणी गरेको आरोप छ । गिरीकी श्रीमती आरती रावलले मुद्दा दायर गरेकी थिईन् । निलम्बनमा रहेका गिरीलाई यसअघि जिल्ला अदालत र उच्च अदालतको फैसलाले तारेमा छाडेपनि सर्वोच्च अदालतले थुनामा पठाउने आदेश दिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot