Logo

कांग्रेसले आयोजना गरेको सहकारी ठगीविरुद्धको खुला सभामा तरुण दलको विशेष उपस्थिति



काठमाडौं, १३ जेठ । सहकारी पीडितलाई न्याय र ठगलाई कारबाहीको माग नेपाली कांग्रेसले काठमाडौंमा आयोजना गरेको सहकारी ठगीविरुद्ध खुला सभामा नेपाल तरुण दलले आफ्नो विशेष उपस्थिति जनाएको छ ।

कांग्रेसले आइतबार काठमाडौंको प्रदर्शनीमार्गमा सहकारी ठगीविरुद्ध खुला सभा गरेको थियो । तरुण दलले शान्तिबाटिका, रत्नपार्कबाट विशेष प्रदर्शन गरेको छ ।

शान्तिबाटिकाबाट सुरु भएको तरुणहरूको र्‍याली विभिन्न स्थानको परिक्रमा गर्दै खुला सभास्थल प्रदर्शनीमार्गमा आइपुगेको थियो ।

र्‍यालीको नेतृत्व तरुण दलका अध्यक्ष विद्वान गुरुङ आफैले गरेका थिए । गुरुङसँग पूर्वअध्यक्ष उदयशम्शेर राणा, जीतजङ्ग बस्नेत, कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडा लगायतको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot