Logo

कार्यदलसहित सत्ता र प्रतिपक्षको निर्णायक बैठक बालुवाटारमा जारी



काठमाडौं,१४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको गतिरोध अन्त्य गरी सहज रुपमा बजेट प्रस्तुत गर्ने वातावरण बनाउने प्रयास जारी राखेका छन् ।

यसैक्रममा प्रधानमन्त्री प्रचण्डले बालुवाटारस्थित निवासमा सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुसँग छलफल गरिरहेका छन् ।

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी छन् ।

छलफलमा नेपाली कांग्रेसबाट पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, जीवन परियार सहभागी छन् । त्यस्तै एमालेबाट कानुनमन्त्रीसमेत रहेका पदम गिरी, महेश बर्तौला सहभागी छन् । माओवादी केन्द्रबाट अर्थमन्त्रीमन्त्रीसमेत रहेका वर्षमान पुन र हितराज पाण्डे तथा रास्वपाबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, स्वर्णीम वाग्ले, सन्तोष परियारलगायत सहभागी छन् ।

यही मंगलबार सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ । नेपालको संविधानले हरेक वर्षको जेठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । तर, कांग्रेसले सदनको अवरोध जारी राखेकाले बजेट प्रस्तुत गर्ने वातावरण मिलाउन प्रचण्ड प्रयासरत छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot