Logo

कैलाश सिरोहियाको पक्षमा बोल्दा ‘मह जोडी’ ले मागे माफी (भिडिओसहित)



काठमाडौं, १४ जेठ । वरिष्ठ हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणमा बोलेको विषयलाई लिएर माफी मागेका छन् । आज (सोमबार) एक भिडियो सन्देश जारी गर्दै उनीहरुले सो विषयमा अपरझट बोल्दाखेरी त्रुटी हुन गएको महसुश गरेको बताएका छन् ।

दर्शकहरुले आफ्नो मान्छे सम्झेर लामो समयदेखि माया गरिरहेको स्मरण गराउँदै उनीहरुले सो कुरालाई बिर्सिदिएर माफी दिन आग्रह गरेका छन् ।

‘अदालतमा विचाराधीन मुद्दाको विषयमा हामीले नबोलेको भए पनि हुन्थ्यो । यो त्रुटी भयो । यसको लागि हामीलाई तपाईँहरुले आफ्नै मान्छे सम्झेर यत्रो वर्ष आफ्नो मान्छे सम्झेर माया गर्दिनुभयो । यो पल्ट पनि तपाईँहरुले सबै कुरा विर्सिदिएर हामीलाई माफ गर्दिनलाई अनुरोध गर्दछु,’– भिडिओ सन्देशमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot