Logo

केपी ओलीमाथि कांग्रेसले मिथ्या आरोप लगाएको भन्दै एमालेको आपत्ति, लिखित माफी नमागे प्रतिवादमा उत्रिने पौडेलको चेतावनी



काठमाडौं,१४ जेठ । नेकपा एमालेले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई जोडेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मिथ्या आरोप लगाएको भन्दै सशक्त प्रतिवाद गने चेतावनी दिएको छ ।

सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकपछि बाहिरिनेक्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले कांग्रेसले हुँदै नभएको लान्छना लगाएको भन्दै लिखित रुपमा माफी माग्नुपनेृ बताए । उनले कांग्रेसले माफी नमागे आफूहरु प्रतिवादमा उत्रिने चेतावनी दिए ।

‘कांग्रेसले जेजस्ता आरोप लगाइरहेको छ, कांग्रेसले यो आरोपकाप्रति लिखित रुपमा क्षमा र सार्वजनिक रुपमा माफी माग्नुपर्छ। अन्यथा, नेपाली कांग्रेससँगको सम्बन्ध ठिक ढंगले अघि बढ्न सक्दैन। नेकपा एमाले यस्ता अरोप सुनेर बसिरहन सक्दैन,’ उनले भने।

उनले प्रायोजित, भ्रामक, प्रतिशोधपूर्ण, आधारहीन लान्छना कांग्रेसले घोषणा गरिरहेको बताए।

‘पछिल्ला दिनमा नेकपा एमाले र विशेषगरी पार्टी अध्यक्षविरुद्ध प्रायोजित, भ्रामक, प्रतिशोधपूर्ण, आधारहीन लान्छना घोषणा गरिरहेका छन्। सबैभन्दा पहिला कांग्रेसलाई यस्ता लान्छनाबाट पछि हट्न आग्रह गर्न चाहन्छु,’ उनले भने।

यदि नेपाली कांग्रेस यस्ता अभिव्यक्तिबाट पछि हट्दैन भने नेकपा एमाले त्यस्ता अभिव्यक्तिविरुद्ध प्रतिवादमा उत्रने उनले चेतावनी दिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot