Logo

आजपाले गर्‍यो वीरगञ्जको त्रिजुद्ध माविमा अनुगमन के देख्यो समस्या ?



काठमाडौं । पूर्वमन्त्री प्रभु साह नेतृत्वको पार्टी आम जनता पार्टी (आजपा)ले पर्साको वीरगञ्जस्थित त्रिजुद्ध माविमा अनुगमन गरेको छ ।

विद्यार्थीको अनुपातमा शिक्षकको अवस्था बुझ्न आज वीरगञ्जको श्री त्रिजुद्ध माध्यमिक बिधालयको अनुगमन गरेको आजपाले जनाएको छ ।

झण्डै ५ हजार विद्यार्थी संख्या रहेको उक्त विद्यालयमा शिक्षक दरबन्दी जम्मा ५३ जनाको मात्र रहेको आजपाले जनाएको छ ।

अनुगमनका क्रममा त्रिजुद्ध जस्तो ऐतिहासिक बिधालयमा यस्तो दुःखदायी अवस्था छ भन्ने अरु ग्रामीण र नया बिधालयको के भन्ने ?भन्ने प्रश्न उठेको आजपाका अध्यक्ष प्रभु साहले बताए। उनले यस्तो अमानवीय सरकारी विभेदको अन्त्यको लागि आजपाद्वारा जारी शैक्षिक आन्दोलनमा सहयोग गर्न तथा बीरगंजलाई आर्थिक राजधानी घोषणाको लागि यही जेष्ठ १६ गते टाउन हलमा आयोजित जिल्ला भेलामा सहभागी हुन समेत अनुरो गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्