Logo

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त



काठमाडौं,१४ जेठ । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । सर्वोच्च अदालतले खगराजले लिएको विश्वासको मतलाई बदर गर्दै उनलाई पदमुक्त हुने फैसला सुनाएको हो । सर्वोच्चका न्यायाधीशद्धय सुनिलकुमार पोखरेल र कुमार रेग्मीको संयुक्त इजलासले अधिकारीले लिएको विश्वासको मत बदर गर्दै रिट निवेदनकर्ताको माग बमोजिम रिट जारी गरेको हो ।

नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री नियुक्त गर्न परमादेश माग गरेका थिए । मुख्यमन्त्री अधिकारीले प्रदेश सभाबाट विश्वासको मत लिँदा सभामुख कृष्ण धितालले ६० सदस्यीय प्रदेशसभामा ३० सिटलाई बहुमत घोषणा गरेर अधिकारीले बहुमत प्राप्त गरेको घोषणा गरेका थिए ।

३१ सिट बहुमतका लागि चाहिने गण्डकीमा सभामुखले ३० लाई नै बहुमत घोषणा गरेपछि पाण्डेले सर्वोच्चमा रिट दर्ता गराएका थिए । उक्त मुद्दामा सुनुवाई गर्दै सर्वोच्चले मुख्यमन्त्री अधिकारीले पाएको भनिएको विश्वसको मत असंवैधानिक घोषणा गरेको हो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot