Logo

कांग्रेसलाई प्रधानमन्त्रीले भने, ‘संसद्को ‘डेडलक’ बेलुकासम्म टुङ्ग्याउनुपर्छ’



काठमाडौं, १४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्को डेडलक आज बेलुकासम्म टुङ्ग्याउनुपर्ने बताएका छन् । आज विहान कांग्रेस नेताहरुसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले सहकारी ठगी प्रकरणमा बन्न लागेको संसदीय छानविन समितिको टीओआर बेलुकासम्म टुङ्ग्याउन सहयोग मागेका हुन् । कांग्रेस सहमहामन्त्री जीवन परियारका अनुसार टीओआरलाई निश्कर्षमा पुर्याउन प्रधानमन्त्री प्रचण्ड सकारात्मक छन् । प्रधानमन्त्रीको पहल कदमी उपयुक्त भएपनि कांग्रेस सत्तारुढ अन्य दलको गतिविधिबाट सशंकित रहेको सहमहामन्त्री परियारले बताए ।

छलफलका क्रममा भएका कुराहरु बताउँदै सहमहामन्त्री परियारले भने, ‘प्रधानमन्त्रीज्यू अत्यन्त सकारात्मक रुपमा लाग्नु भएको छ । प्रधानमन्त्रीज्यूले डेडलक आज बेलुकासम्म टुङ्ग्याउनुपर्छ भन्नु भएको छ । सम्भवतः आज बेलुकासम्म फेरि छलफलका लागि बोलाउनुहुन्छ । हामी पनि आन्तरिक छलफलमा छौं । १ बजे कांग्रेसका पदाधिकारी, पूर्व पदाधिकारी र वरिष्ठ नेताहरुसँग छलफल गर्दैछौं । हामी आफ्नो धारणा बनाउँछौं । सम्माननीय प्रधानमन्त्रीजीको उद्देश्य जसरी हुन्छ आज यो डेडलक अन्त्य गर्ने गरी लाग्नु भएको छ । प्रधानमन्त्रीको पहल कदमी उपयुक्त छ । तर, समग्र सत्तापक्ष समस्या समाधान गर्नेतर्फ भन्दा पनि अल्झाइरहने देखिन्छ । त्यसबाट हामी सशंकित छौं ।’

संसदीय समितिको टिओआर टुङ्ग्याउने विषयमा प्रधानमन्त्रीले सुरुमा सत्तापक्षसँग र त्यसपछि प्रतिपक्षी दल कांग्रेससँग छलफल गरेका थिए । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot