Logo

अमेरिकाले भीसा नदिएपछि सन्दीप: मेरो सपना पूरा नभएपनि देशको सपना पूरा भएको छ, खुसी छु



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफू टी-२० विश्वकप क्रिकेटमा सहभागी हुन नपाएपनि खुसी रहेको प्रतिक्रिया दिएका छन् ।

बलात्कारको मुद्दाबाट उच्च अदालतले सफाई दिएसँगै विश्वकप क्रिकेट खेल्न अमेरिका जाने तयारीमा रहेका उनलाई अमेरिकाले भीसा दिन अस्वीकार गरेको छ । उनलाई अमेरिका पठाउन सरकारले पहल गरिरहेको छ । तर, उक्त सम्भावना ज्यादै न्यून बन्दै गएको छ ।

अमेरिकामा विश्वकप खेल्ने चाहना पूरा नभएपनि उनले लेखेका छन् ‘साँच्चै भन्नुपर्दा मेरो सपना पूरा नभएपनि म के कुरामा खुसी छु भने मेरो देशको सपना पूरा भएको छ’ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot