Logo

भैंसेपाटीस्थित नयाँ मन्त्री क्वाटरमा शहरी विकासमन्त्रीको अनुगमन, साउनभित्रै मन्त्रीहरुलाई सार्ने तयारी



काठमाडौं । ललितपुरको भैँसेपाटीमा निर्माणाधीन नयाँ मन्त्री क्वाटरमा शहरी विकास मन्त्री धनबहादु बुढाको टोलीले अनुगमन गरेको छ । मन्त्री क्वाटरभित्रको अन्तिम चरणको काम सकिने अवस्था रहेको र साउनभित्रमै पुल्चोकस्थित क्वाटरमा रहेका मन्त्रीहरुलाई भैसेपार्टीस्थित नयाँ भवनमा सार्ने शहरी विकास मन्त्रालयको तयारी छ ।

नयाँ मन्त्री क्वाटरको सोमवार अनुगमन गर्दै शहरी विकासमन्त्री बुढाले साउनभित्रमा पुल्चोक मन्त्री क्वाटरलाई भैँसेपार्टीमा सारिने जानकारी दिए । मन्त्रालयका सचिव मणिराम गेलाल, भनन विभागका डिजी कुमार घिमिरे लगायत लिएर भैँसेपार्टी पुगेका मन्त्री बुढाले मन्त्री क्वाटरको पछिल्लो प्रगतीवारे जानकारी लिएका थिए । मन्त्री बुढाले यही साउनभित्रमा मन्त्रीहरुलाई सार्ने गरि निर्माणको काम गर्न निर्देशन दिएका हुन् ।

भैंसेपाटीमा मन्त्रीहरूका लागि २४ वटा र राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभाका उपसभामुखका लागि क्वाटर निर्माण भइरहेको छ। प्रत्येक ११ आनामा एक जना मन्त्रीका लागि क्वाटर निर्माण गरिएको छ । जसअन्तगत ८ आनामा भवन निर्माण गरिएको छ । राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभाका उपसभामुखका लागि भने आवास क्षेत्रफल बढाइएको विभागका महानिर्देशक कुमार घिमिरेले बताए ।

सहरी विकास मन्त्रालय अन्तर्गतको भवन विभागले मन्त्री क्वाटरसँगै अन्य संरचना पनि तयार गर्दैछ। हेलिप्याड, स्विमिङ पुल, ग्रोसरी भवन, सुरक्षाका लागि बस्ने प्रहरीका लागि ३ वटा ब्लक भवन, फाउन्टेनसँगको बगैंचा बनाउने काम अन्तिम चरणमा पगेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot