Logo

एकीकृत समाजवादीको सचिवालय बैठक जारी



काठमाडौं,१४ जेठ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ ।

आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक केहीबेरअघिबाट बसिरहेको हो ।

बैठकमा पार्टीको आसन्न महाधिवेशनको तयारीलगायतका समसामयिक विषयमा छलफल भइरहेको एकीकृत समाजवादीले जनाएको छ ।

सो पार्टीको महाधिवेशन असार १६ देखि २० गतेसम्म बस्नेगरी मिति तय भैसकेको छ । १० सुझाव संकलनका लागि महाधिवेशनका दस्ताबेज जेठ १५ गते जिल्लामा पठाउने एकीकृत समाजवादीको तयारी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot