Logo

म्याद थपका लागि एम्बुलेन्समा हालेर सिरोहियालाई अदालत लगियो



काठमाडौं,१४ जेठ । नागरिकता कीर्ते प्रकरणमा ७ दिनदेखि प्रहरी हिरासतमा रहेका कान्तिपुरका मालिक कैलाश सिरोहियालाई म्याद थपका लागि अदालतमा उपस्थित गराईएको छ ।

सिरोहिया नागरिकता किर्ते सम्बन्धी कसुरमा पक्राउ परेका हुन् । उनलाई तेस्रो पटक म्याद थपका लागि आज धनुषा जिल्ला अदालत एम्बुलेन्समा लगिएको हो ।

उनलाई तेस्रो पटक म्याद थपका लागि धनुषा अदालतको इजलास नम्बर ७ मा पेश गरिएको छ । उक्त इजलासमा न्यायाधीश यदुराज शर्मा रहेका छन् ।

अदालतले पहिलो पटक र दोस्रो पटक ३-३ दिनको म्याद अनुसन्धानका लागि प्रहरीलाई दिएको थियो । दोस्रो पटक म्याद थपेकै दिन सिरोहिया अस्पताल भर्ना भएका थिए ।

उच्च रक्तचाप र मुटु सम्बन्धी समस्या देखिएपछि प्रहरीले सिरोहियालाई प्रादेशिक अस्पताल लगिएको थियो । तर त्यहाँबाट रेफर गराएर उनी काव्या अस्पतालमा उपचाररत छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot