Logo

बागमती सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)



काठमाडौं, १४ जेठ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । आज (सोमबार) बसेको प्रदेश सभा बैठकमा उनले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममा उत्पादन र उत्पादकत्व वृद्धिलाई प्राथमिकतामा राखिएको छ । त्यसैगरी, आर्थिक एवं सामाजिक रुपान्तरणका लागि प्रदेश सरकारको लगानी केन्द्रीत गरिने कुरा पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

साथै, प्रदेश सरकारको सार्वजनिक खर्चमा मितव्ययिता कामय गरिने, वित्तीय सवलीकरण गर्न प्रदेशको आयस्रोत वृद्धि गरिने, आन्तरिक आय स्रोत कम भएका र मानव विकास सुचाङ्क कमजोर रहेका स्थानीय तहमा वित्तीय हस्तान्तरणमार्फत थप कार्यक्रम तथा बजेट उपलब्ध गराउने व्यवस्था मिलाइने समेत उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot