Logo

टीओआर टुंग्याउन समय लाग्ने भएपछि बजेट भाषणको समय सर्‍यो



काठमाडौं,१५ जेठ । बजेट सार्वजनिक गर्न बोलाईयको संघीय संसद्को दुवै सदनको संयुक्त बैठकको समय सरेको छ । यसअघि दिउँसो १ बजे बस्ने भनिएको बैठक ३ बजेका लागि सारिएको संसद् सचिवालयले जनाएको छ ।

आज सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दैछ । सदन बस्नुअघि दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।

मन्त्रिपरिषद्बाट बजेट पारित गराएर सार्वजनिक गर्ने चलन छ ।

सहकारी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितको कार्यदेश टुंगाउन केही समय लाग्ने भएपछि बैठक सारिएको हो ।

सत्तापक्ष र प्रतिपक्षीबीच हिजो संसदीय छानबिन समितिको टीओआर टुंग्याउन सहमति भएको थियो । सहमति अनुसार ७ जनाको समति बन्नेछ ।



प्रतिक्रिया दिनुहोस्