Logo

संसद् बैठकलगत्तै कांग्रेसले पत्रकार सम्मेलन गर्ने



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ । दिउँसो ३ बजे बस्ने संसद्को दुवै सदनको संयुक्त बैठकलगत्तै कांग्रेसले पत्रकार सम्मेलनको आयोजना गर्न लागेको हो ।

पत्रकार सम्मेलन संसदीय दलको कार्यालय नयाँ बानेश्वरमा हुनेछ । आजको संसद् बैठकले सहकारी ठगीमा संलग्नमाथि छानबिन गर्न संसदीय समिति गठनका लागि सत्ता र प्रतिपक्षबिच भएको सहमति पारित गर्ने जनाइएको छ । पत्रकार सम्मेलनमा प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगीमा संसदीय छानबिन समिति माग गर्नुका कारण र भएको सहमतिबारे प्रस्ट पार्ने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्