Logo

यस्ता छन् बजेटका पाँच उद्देश्य



काठमाडौं, १५ जेठ । अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्अन्तर्गत दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका छन् । अर्थ मन्त्री पुनले आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट पेश गरेका हुन् ।

आगामी आर्थिक वर्षको बजेटको मूल उद्देश्य उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्नु, नीजी क्षेत्रको मनोबल बढाउँदै लगानी वृद्धि गर्नु र आर्थिक क्रियाकलापमा तीब्रता ल्याउनु, मानव संसाधनको विकास गर्नु, स्रोत र साधनलाई सन्तुलित र समन्यायिक ढंगले परिचालन गरी आर्थिक असमानता र गरिबी न्यूनीकरण गर्नु, सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनु रहेको अर्थमन्त्री पुनले बताए ।



प्रतिक्रिया दिनुहोस्