Logo

सुनको सीमा बढाउने सरकारको घोषणा



काठमाडौं,१५ जेठ । सरकारले सुन आयातमाथि लगाउँदै आएको सीमा बढाउने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१-०८२ को बजेट प्रस्तुत गर्ने क्रममा सो घोषणा गरेका हुन् ।

सङ्घीय संसद्मा बजेटका कार्यक्रम पेस गर्दै उनले अहिले कायम रहेको सुनको सीमा विस्तार गर्ने बताए । अहिले सरकारले २० किलोसम्म सुन दैनिक ल्याउन पाउने व्यवस्था गरेको छ । सरकारले नयाँ आर्थिक वर्षमा त्यसलाई बढाउने घोषणा गरेको हो ।

यसअघि प्रत्येक दिन १० किलोसम्म मात्र सुन आयात गर्न पाईने नियम थियो ।



प्रतिक्रिया दिनुहोस्