Logo

गाँजाको व्यवसायीक उत्पादनका लागि सरकारले कानून ल्याउने



काठमाडौं,१५ जेठ । सरकारले गाँजा खेतीलाई व्यवसायीक रुपमा अघि बढाउने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१र०८२ को बजेट प्रस्तुत गर्ने क्रममा गाँजालाई व्यवसायीक रुपमा खेती गर्न कानून ल्याउने बताएका हुन् ।

‘औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाइनेछ,’ उनले भनेका छन्।

कृषि तथा पशुपन्छी मन्त्रालयका लागि आगामी आर्थिक बर्षको बजेट ५७ अर्ब २९ करोड विनियोजन भएको छ । 



प्रतिक्रिया दिनुहोस्