Logo

वित्तीय समानीकरण अनुदान: प्रदेशलाई ६० अर्ब, स्थानीयलाई कति ?



काठमाडौं,१५ जेठ । सरकारले आउँदो आर्थिक वर्षका निम्ति वित्तीय समानीकरण अनुदानअन्तर्गत प्रदेशका लागि ६० अर्ब र स्थानीय तहलाई ८८ अर्ब रुपैयाँ हस्तान्तरण गरिने जनाएको छ ।

मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको राजस्व तथा व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो जानकारी गराएका हुन् ।

उनले सर्सत अनुदान प्रदेशका निम्ति २५ अर्ब चार करोड र स्थानीय तहका लागि दुई खर्ब आठ अर्ब आठ करोड गरी कुल दुई खर्ब ३४ अर्ब ७३ करोड हस्तान्तरण गर्न बजेट विनियोजन गरिएको बताए ।

पूर्वाधार आयोजनाका लागि समपूरक अनुदानतर्फ प्रदेशलाई ६ अर्ब २० करोड र स्थानीय तहका निम्ति सात अर्ब रुपैयाँ विनियोजन गरिएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्