Logo

पर्यटन क्षेत्रअन्तर्गत ११ अर्ब ९१ करोड रकम विनियोजन



काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ लाई आर्थिक सुधारको वर्ष घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले नेपालमा बैवाहिक समारोह आयोजना गर्न आउने पर्यटकलाई सहजीकरण गरी सांस्कृतिक तथा पर्यटकीय गन्तव्यलाई बिवाह गन्तव्यको रुपमा विकास गरिने बताए ।

अर्थमन्त्री पुनले राम जानकी विवाहस्थल जनकपुरलाई वीडीङ हब र गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई बर्थिङ हबको रुपमा प्रवर्दन गरिने पनि बताए ।

यस वर्ष पर्यटन क्षेत्र अन्तर्गत ११ अर्ब ९१ करोड रकम विनियोजन भएको छ ।



प्रतिक्रिया दिनुहोस्