Logo

पर्यटन मन्त्रालयलाई झण्डै १२ अर्ब बजेट, उद्योगलाई कति ?



काठमाडौँ, १५ जेठ । सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयलाई झण्डै १२ अर्ब बजेट दिएको छ ।

आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्री वर्षमान पुनले बजेट भाषण गर्दै मन्त्रालयलाई ११ अर्ब ९१ करोड बजेट विनियोजन गरिएको जानकारी दिए । सरकारले आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य पनि लिएको छ ।

त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयलाई ९ अर्बको हाराहारीमा अर्थमन्त्री पुनले बजेट छुट्टयाएका छन् । पुनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि ९ अर्ब २८ करोड विनियोजन गरेको बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्