Logo

सूचना तथा सञ्चार मन्त्रालयको बजेटमा उल्लेख्य कटौती, कति भयो विनियोजन ?



काठमाडौँ, १५ जेठ । सरकारले सूचना तथा सञ्चार प्रविधि मन्त्रालको बजेटमा उल्लेख्य कटौती गरेको छ । आर्थिक वर्ष ०८१-८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले गत वर्षको तूलनामा १ अर्ब ३६ करोड बजेट कटौती गरेका हुन् ।

आर्थिक वर्ष २०८१/८२ का लागि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई लागि ७ अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

चालू आर्थिक वर्ष २०८०/८१ मा ८ अर्ब ७१ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्