Logo

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत दुई लाख जनालाई न्यूनतम् एक सय दिन काम दिईने



काठमाडौं, १५ जेठ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आगामी आर्थिक वर्षमा दुई लाख जनालाई न्यूनतम एक सय दिन रोजगारी दिने भएको छ । आज (मंगलबार) संघीय संसद्को दुवै सदनमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बेरोजगार दुई लाख जनालाई प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सार्वजनिक निर्माण तथा ममर्मत सम्हारमा लगाइने बताएका हुन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सरकारले यस वर्ष ६ अर्ब रकम विनियोजन गरेको छ । त्यस्तै सरकारले अब वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिहरुलाई विनाधितो ऋण उपलब्ध गराउने भएको छ ।

‘वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा विनाधितो ऋण उललब्ध गराइने छ,’– संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै मन्त्री पुनले भने ।



प्रतिक्रिया दिनुहोस्