Logo

सुमनाले खारेज गरेको राष्ट्रपति शैक्षिक सूधार कार्यक्रम अर्थमन्त्रीले ब्यूँताए



काठमाडौं,१५ जेठ । सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम लागि ८७ करोड रकम विनियोजन गरिएको छ ।

मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले सो रकम विनियोजन गरेका हुन् । त्यस्तै प्राविधिक शिक्षाका लागि १ अर्ब ५९ करोड रकम विनियोजन गरिएको छ ।

राष्ट्रपति शैक्षिक सूधार कार्यक्रम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले हालै खारेज गरेकी थिईन् ।

आगामी आर्थिक वर्षदेखि उक्त कार्यक्रमका लागि विनियोजन गरिने बजेट सिधै स्थानीय तहमा पठाउने गरी चालु आर्थिक वर्षको कार्यक्रम स्थगित गरिएको शिक्षा मन्त्रालयले जनाएको थियो । मन्त्री श्रेष्ठले खारेज गरेको घोषणा गरेको कार्यक्रम अर्थमन्त्री पुनले ब्यूँताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्